काठमाडौं । सशस्त्र प्रहरी बलका १५ डीएसपी एसपी बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बढुवा समितिले १५ डीएसपीलाई एसपी बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा नेपाल प्रहरीको असईबाट २०५८मा सेवा प्रवेश गरेकाहरुमात्र परेका छन् ।
सशस्त्र प्रहरी बल स्थापना भएपछि बढुवा भएकाहरु परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भइसकेकाले उनको भेगकामात्रै ५ जना डीएसपी बढुवा सिफारिसमा परेका छन् । एसपी बढुवा सिफारिस भएका डीएसपीहरुमा राजेन्द्र अधिकारी, ज्ञानप्रसाद भूर्तेल, गोपी चन्द, अम्मरबहादुर ऐर, लेखनाथ खनाल, जीवनबहादुर केसी, चेतसिंह थापा छन् ।त्यसैगरी, अच्यूतकुमार मजगैया, त्रिभुवन बिष्ट, सुनिल केसरी, राजेन्द्रकुमार श्रेष्ठ, मनहरि कुइकेल, सुशील सुवेदी, बिमल डाँगी र धनबहादुर सिंह बढुवा भएका छन् ।



















