काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ सवा २ बजे सर्वोच्च अदालतमा भएकाे छ। विहीबार (हिजो) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको कानूनी सल्लाहकारको रुपमा रहेको महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खातीलाई नियुक्त गरेकी थिइन।
महान्यायाधिवक्ताले पहिलोपटक सर्वोच्च अदालतमा शपथ लिएका हुन।महान्यायाधिवक्ताको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधान न्यायाधीशले राष्ट्रपति कार्यालयमा गर्ने प्रचलन रहेको भएतापनि राष्ट्रपति भण्डारीले संविधानमा महान्यायाधिवक्ताको शपथ राष्ट्रपति कार्यालयमा गर्ने उल्लेख नभएको भन्दै सर्वोच्च अदालतमै शपथ गर्न भनेकी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !