आलोक यादव
सिरहा । सिरहाको भगवानपुर नगरपालिका भगवानपुर गाउँपालिकाको कार्यालय भगवानपुरमा ४० लाख लागतमा बनेको ढलान बाटो एक हप्ता नबित्दै भत्किएको छ । गाउँपालिका कार्यक्रमको बजेटले २०७७/०७८ सालको असार महिनामै गरेको सो बाटो ढलान भत्केको हो । स्थानीयबासीका अनुसार गाउँपालिकाले असारको अन्तिम समयमा आएर बजेट सकाउन हतार हतारमा स्थानीय दुनियालाल यादवको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी ४० लाखको लागतमा बाटो ढलान गरेका थिए ।
एकातिर बनाउँदै जाँदा अर्कोतिर भत्कीरहेको थियो । एक हप्ता नवित्दै पुनः ठाउँ ठाउँमा उक्त ढलान भत्किने र चर्कने भएको छ ।
स्थानीय बिजय यादवले बजेट सकाउन मात्र यहाँ बाटो ढलान गरेको बताए । उहाँले बाटो ढलानको काम नभएको तर हाललाई नालाको अति आवश्यक रहेको बताए ।
स्थानीयले जबरजस्तीको असारे विकासको परिणाम र गापा कार्यक्रमको बजेटको दुरुपयोग बढ्दै गएको बताए । बाटो ढलान गर्दा पुरै गुणस्तरहिन काम गरेको उनीहरुको आरोप छ । उनीहरुले ढलानमा प्रयोग हुने माल मात्र अनुसार नभएकोले ढलान गुणस्तर नभएको दाबी छ ।
अध्यक्ष बेचन यादवले आफ्नै गाउँका जनतालाई समेत विकास निर्माणको कार्यमा ठग्दै विना मतलवको कार्यहरुमा कमिशनको चक्करमा बजेट दुरुपयोग गरिरहेको सर्वसाधारणको आरोप लगाउदै आएका छन् ।

















