वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक युवतीलाई पटक–पटक जबरजस्ती करणी गरेकाे आराेपमा दुई जना ट्रक चालकलाइ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ना.५ ख २८७० नम्बरको ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२१ बस्ने ३० वर्षीय सुनिल महताे र ना.६ ख ३३६९ नम्बरको ट्रक चालक पोखरिया नगरपालिका–६ बस्ने २५ वार्षीय शिवबालक महताे रहेका छन्।
पर्साका प्रहरी प्रवक्ता एवम् डीएसपी ओमप्रकाश खनालका अनुसार गत असार २७ गते बिहान रूकुम घर भएकी १९ वर्षीया ती युवती काठमाडाैँकाे कलंकीबाट बुटवल जाने भनी दुई वर्षीय छोरासहित सुनिलले चलाएको ना.५ ख २८७० नम्बरको ट्रकमा चढेकी थिइन्।
यात्राको क्रममा जाममा परेकाे र साेही बखत सुनिलले उनलाई ट्रकमै बलात्कार गरेको र त्यसपछि उनलाई चितवनकाे रामनगरबाट बुटवल जाने ट्रक भनेर २९ गते दिउँसो १ बजे शिवबालकले चलाएको अर्को ना.६ ख ३३६९ नम्बरको ट्रक चढाएर वीरगञ्जतर्फ लगेकाे प्रहरी अनुसन्धानमा खुलेकाे डीएसपी खनालले बताए।
डीएसपी खनालका अनुसार चालक शिवबालकले बुटवल जाने भनी वीरगञ्जतर्फ ल्याइ आफूले, सहचालकले र अर्को एक व्यक्ति समेतले ती युवतीलाई पटक–पटक जबरजस्ती करणी गरेका बयान दिएका छन्।
प्क्राउ परेका दुवै जनाविरुद्द जबर्जस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको र अन्य व्यक्तिको खोजी भइरहेको डीएसपी खनालले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !