महोत्तरी । महोत्तरीको सोनमा गाउपालिका ६ मगरथानामा रहेका प्रसिद्ध बाबा मंगलनाथ मन्दिरमा निर्माण भइरहेको पर्खालमा परानो ईटा पछी अब दुई नम्बर इटा प्रयोग गरिएको छ।
प्रदेश नं २ को समपुरक बजेटबाट निर्माण भइरहेको पर्खालमा पुरानै पर्खाललाइ तोडी निस्केका पुरानो इटाहरु पुन: प्रयोग गरेका थिए। अब त्यस पर्खालमा दुई नम्बर इटा प्रयोग गरिरहेको छ। पुरानै र दुई नम्बर इटा प्रयोग गरी लाखौ रुपैयाको लगानीमा निर्माण भइरहेको पर्खाल निर्माण कार्यमा व्यापक भ्रष्टाचारी भइरहेको छ।
पर्खाल निर्माण कार्य गुनस्तरहिन तरिका बाट निर्माण भइरहेको छ, पुरानो ईटा लगाए पछी समाचार आएको थियो त्यसपछी पुरानो ईटा हटाइएको थियो।
आ. ब. २०७७/०७८ समाप्त भएपछी पनि गुनस्तरहिन र भ्रष्टाचारी गरी रुपया हजम गर्ने मनसायले निर्माण गरिरहेको छ। दुई नम्बर इटा प्रयोग गरिएको देखेर स्थानिय द्वारा रोक लगाइएको छ।
पर्खाल निर्माणमा दुई नम्बर ईटा प्रयोग भइरहेको कुरा निर्माणमा खटिएका मजदुरहरुले बताएक छन, आफुलाइ जस्तो ईटा दिन्छ त्यस्तै इटा बाट काम गर्छु वाहाले भन्नु भएको छ।
पटक पटक भ्रष्टाचार सम्बन्धी समाचार प्रकाशीत भएपनी सम्बन्धित निकायले कुनै चासो नदेखाए पछी सबैको मिलोमतोमा काम भएको अनुमान लगाउन सकिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !