काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिको विकल्प खोज्नुपर्ने बताउनुभएको छ ।वर्तमान संवैधानिक राष्ट्रपतिको भूमिका सन्तोषजनक नभएको भन्दै उहाँले प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई राष्ट्रपति बनाउने विकल्प देखाउनुभएको छ ।तर अन्तरिम कालका लागि मात्र त्यसो गर्न सकिए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु उपयुक्त हुने उहाँको धारणा छ ।सामाजिक सञ्जाल ट्वीटरमा डा भट्टराईले लेख्नुभएको छ, ‘गणतन्त्र नेपालका संवैधानिक राष्ट्रपतिहरूको भूमिका, स्तर निकै कमजोर र निम्न रहेको स्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमै जानु श्रेयस्कर देखियो है ।त्यो नभएसम्मको अन्तरिम अवधिमा पार्टीका सक्रिय नेताभन्दा प्रतिष्ठित नागरिक वा अवकाशप्राप्त न्यायाधीशलाई बनाउने हो कि ?’
फेसबुकबाट तपाईको प्रतिक्रिया !