काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राजदूत र्यान्डी बेरीबिच भेट भएको छ । देउवा निवास बुढानीलकण्ठ पुगेर बेरीले देउवालाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएका हुन् ।
भेटका क्रममा देउवा र बेरीबिच अमेरिका र नेपालबिच विभिन्न क्षेत्रमा भइरहेको साझेदारी र सहयोगका बारेमा छलफल भएको पराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै, अमेरिकाले कोभिड १९ विरुद्ध लड्न सहयोग गरेको स्वास्थ्य सामाग्रीको बारेमा पनि छलफल भएको थियो ।
