काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ कोटेश्वर पुगेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड र विप्लव बिहीबार विहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका हुन्।

विप्लवले यसअघि हिजो माओवादीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए। वामपन्थी शक्तिहरु एक ठाउँमा रहनुपर्नेबारे प्रचण्ड र विप्लवबीच छलफल भएको बताइएको थियो।

















