नवलपरासी । अवैध रुपमा भारततर्फ लैजादै गरेको २२ लाख बराबरको हरियो केराउलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ ।६ वटा पिकअप भेनमा राखेर लैजादै गरेको अवस्थामा १ सय ८० क्विण्टल केराउ बरामद गरिएको प्रहरी उपरीक्षक मनोज कुमार यादवले बताए । सोमबार राति पक्राउ परेका पिकअप भेनमध्ये ५ वटा बेलाटारी क्षेत्रबाट र १ वटा परासी क्षेत्रबाट रहेका छन् । एक पिकअप भेनमा ३० क्विण्टलका दरले मटर लोड गरिएको थियो ।
सीमावर्ती नाका बसैयाबाट भारततर्फ लैजानका लागि ल्याइएको मटर र सवारीसाधनलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइने एसपी यादवले जानकारी दिए ।

















