लहान । जनप्रतिनिधिहरुले गरेको कामबाट सिरहाका अधिकान्स स्थानीय तहका नागरिकहरु असन्तुष्ट भएको कुरा सर्वबिदितै छ । सत्ता र बहुमतको आडमा जनप्रतिनिधिहरुले आफ्नो मनपरी कर्यहरु गरीरहेको जताततै आवाज उठिरहेको बेला त्यस कुरालाई मध्यनजर गरी सिरहाको जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिकाले नमुना उदाहरण पेश गरेको छ ।
स्थानीय तहमा निर्वाचित भएको दिन देखि हाल सम्म गाउँपालिकाको वडा नम्बर – १ देखि – ५ सम्म गरेको कामहरुको सरोकारवाला निकायका ब्याक्तीहरुलाई राखी स्थलगत रुपमा अनुगमन गराएको छ ।
बिकास निर्माणको कार्यमा गाउँपालिकामा भ्रष्टाचार भएको आवाज उठिरहेकोले पारदर्शीताका लागी सरोकारवालाहरुलाई राखी नापजाँच सहितको स्थलगत अनुगमन गराईएको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले बताए ।
ईलाका प्रशासन कार्यालय लहान प्रमुख सहितको प्रतिनिधि , प्रहरी कार्यालय , जिल्ला समन्वय समिती सिरहाको प्रमुख , उप- प्रमुख , नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिरहाका कार्यसमितिका पदाधिकारीहरु लगायत दर्जनौ स्थानीय तथा राष्ट्रिय मिडियामा आबद्ध संचारकर्मीको संयुक्त रोहवरमा स्थलगत रुपमा अनुगमन गराईएको अध्यक्ष यादवले बताए ।
आर सिसि ढलान , मन्दिर निर्माण , सामुदायिक भवन , कृषि बिधुतिङ्ग लगायत भौतिक पुर्वाधार र लक्षितवर्गको क्षेत्रमा गाउँपालिकाले उदाहरणिय कामहरु गरेको संयुक्त अनुगमन टोलिले निष्कर्ष निकालेका थिए ।
सिरहा जिल्लाको १७ स्थानीय तह मध्येका अन्य गाउँपालिकाहरुको तुलनामा सखुवानन्कारकट्टी गाउँपालिकाले महत्त्वपूर्ण र नमुना कामहरु गरेको संयुक्त अनुगमन टोलीले निष्कर्ष निकालेका थिए ।
जिल्ला अन्य स्थानीय तहहरु आफ्नो काम लुकाउन अनुगमन देखि डराउछन् तर सखुवानन्कारकट्टी गाउँपालिकाले सरोकारवाला निकायका प्रतिनिधिहरुलाई एकैसाथ बोलाएर नापजाँच सहितको संयुक्त रुपमा अनुगमन गराई उदाहरण पेश गरेको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर – २ मक्रमपुर निवासी स्थानीय राजेन्द्र यादवको भनाई छ । जनप्रतिनिधि निर्वाचित भएको दिन देखी पहिलेको तुलनामा हाल गाउँपालिकामा धेरै साकरात्मक परिवर्तनहरु आएको स्थानीयको भनाई छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !