काठमाडौं । सरकारले असोज मसान्त भित्र एकतिहाइ र चैत्र मसान्तभित्र सम्पूर्ण नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलवार राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले असोज महिनाभित्र एक तिहाइ र चैत्रभित्र सबैलाई खोप लगाउने निर्णय गरेको आजै सरकारको प्रवक्ता तोकिएका कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री देउवाले सिंहदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्को बैठक बसेको थियो ।

















