काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महालक्ष्मीनगरपालिका -४ ललितपुर घर भइ काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्दै आएका ४९ वर्षीय गणेशमान श्रेष्ठ र काठमाडौं महानगरपालिका-१९ ढोकाटोल घर भइ शान्तिनगर बस्दै आएका महेन्द्र प्रसाद मिश्र रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ फागुन ४ गतेको फैसलाले श्रेष्ठलाई १५ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने मिश्रलाई उच्च अदालत पाटनले २०७६ साल मंसीर २२ गते ७ दिन कैद र ५२ लाख जरिवाना सुनाएको थियो ।ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले श्रेष्ठलाई लामाटार ललितपुरबाट र मिश्रलाई काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !