Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपालको संसदीय इतिहास : प्रतिनिधिसभा ६ पटक विघटन, ४ पटक पुनःस्थापना

काठमाडौँ । नेपालको संसदीय इतिहासमा हालसम्म छ पटक प्रतिनिधिसभा विघटन भएका छन् । तीमध्ये चार पटकका विघटन बदर र दुई पटकका सदर भएका छन् । विघटित प्रतिनिधिसभा तीनपटक सर्वाेच्च अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

पहिलोपटक विसं २०५१ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । विसं २०५१ असार २७ गते तत्कालीन राजाबाट सो सिफारिस सदर गरिएको थियो । आर्थिक वर्ष २०५१-०५२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल पश्चात् पारित गर्न विसं २०५१ असार २६ गते प्रतिनिधिसभाको बैठक बसेको थियो ।

सो बैठकमा नीति तथा कार्यक्रम पारित गर्न प्रस्ताव हुँदा पक्षमा ७४ र विपक्षमा ८६ मत परी अस्वीकृत भएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री कोइरालाले पदबाट राजीनामा दिनुका साथै नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा विघटन गरी विसं २०५१ कात्तिक २७ गते आमनिर्वाचनका लागि मिति तोक्न सिफारिस भएबमोजिम प्रतिनिधिसभा विघटन भएको थियो ।

  • मनमोहन अधिकारीकाे पालामा

विसं २०५१ मङ्सीर १३ गते तत्कालीन नेकपा (एमाले) संसदीय दलका नेता मनमोहन अधिकारी सबैभन्दा बढी सदस्य भएको दलको नेताको हैसियतले प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । विकसित राजनीतिक घटनाक्रमसँगै विसं २०५२ जेठ २६ गते प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभा विघटन गर्न तत्कालीन राजासमक्ष सिफारिस गरेपछि जेठ ३० गते प्रतिनिधिसभा विघटन भएको थियो । तर सर्वोच्च अदालतबाट विसं २०५२ भदौ १२ गते विघटनलाई बदर गरी प्रतिनिधिसभा पुनःस्थापना गरिएको थियो ।

  • तेस्रोपटक गिरिजाप्रसादकाे पालामा

नेपालमा तेस्रोपटक प्रतिनिधिसभाको बैठक चालू रहेको १५ औँ अधिवेशनको बीचमै विसं २०५५ माघ १ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम प्रतिनिधिसभा पुनः विघटन गरी विसं २०५६ वैशाख २० गते निर्वाचनको मिति तोक्ने सिफारिस गर्नुभएको थियो । सो सिफारिसअनुसार तत्कालीन राजाबाट सोही दिन प्रतिनिधिसभा विघटन भएको थियो ।

  • सूर्यबहादुर थापाकाे पालामा

त्यस्तै विसं २०५४ पुस २४ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले प्रतिनिधिसभा विघटनका लागि तत्कालीन राजा वीरेन्द्र शाहलाई सिफारिस गर्नुभएको थियो । राजाले सो सिफारिसलाई कार्यान्वयन नगरी सर्वोच्च अदालतसँग राय माग्दा सर्वोच्चले विघटन नगर्ने राय दिएको थियो । तसर्थ प्रतिनिधि सभा विघटनको सिफारिस भयो तर कार्यान्वयन भएन ।

  • शेरबहादुर देउवाकाे पालामा

चौथौपटक विसं २०५९ जेठ ९ गते प्रतिनिधिसभाको बैठक बस्ने गरी संसद्को २२ औँ अधिवेशन आह्वान भएकामा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्नुभएको भयो । निर्वाचनको लागि मिति तोक्न सिफारिस गरेबमोजिम सोही दिन प्रतिनिधिसभा विघटन समेत भएको थियो । विघटन भएको सो प्रतिनिधि सभा जनआन्दोलनको बलले तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट विसं २०६३ वैशाख ११ गते राति ११ बजे पुनःस्थापना भई २०६३ साल १५ गते बैठक बस्ने गरी मितिसमेत तोकिएको थियो ।

  • पाँचौँ र छैटौँ केपी ओलीकाे पालामा

पाँचौँ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिससहित नेपालको संविधानबमोजिम र संसदीय प्रणालीको आधारभूत मर्म एवं अभ्यास बमोजिम भन्दै २०७७ साल पुस ५ गते प्रतिनिधिसभा विघटन गरियोस् भनी सिफारिस गर्नुभएको थियो ।

सो सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट वर्तमान प्रतिनिधिसभा विघटन गरी विसं २०७८ वैशाख १७ र २७ गते दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति समेत तोकिनु भएको थियो । तर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइपछि विघटनलाई असंबैधानिक कदम भन्दै २०७७ साल फागुन ११ गते पुनःस्थापना गर्ने फैसला गरेको थियो । फैसला सुनाउँदै अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको थियो । अदालतको फैसलापछि फागुन २३ गते पुनःस्थापित प्रतिनिधिसभाको बैठक बसेको थियो ।

छैटौँ पटक प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते पुनः प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको थियो । सोहीबमोजिम राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति तोक्नु भएको थियो ।

सो विघटनका विरुद्धमा परेका विभिन्न निवेदनउपर सुनुवाइ गर्दै सर्वाेच्च अदालतले आज २८ गते संविधानका मूल्य र मान्यता अनुकूल नभएको ठहर गर्दै विघटनको कदमलाई बदर गरिदिएको छ । साथै अदालतले दुईदिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश समेत जारी गरेको छ भने आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठकले बोलाउन भनेको छ । – रासस

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

5 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

5 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

5 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

6 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

7 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

7 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh