काठमाडौं , नेताहरुलाई मार्सी चामलको भात खुवाएर चर्चित बनेका झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं मंगलबार सिंहदरबारमा देखिए ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देशवासीको नाममा सम्बोधन गर्न सिंहदरबार प्रवेश गरेका बेला उनीसँगै दुर्गा प्रसाईं पनि देखिएका हुन् ।
पछिल्लो समय बीएण्डसी मेडिकललाई सम्बन्धन दिन एमाले अध्यक्ष समेत रहेका ओलीले जोडबल गरेका थिए । तर नागरिक समाजलगायतको विरोधका बाबजुद प्रसाईँको मेडिकल कलेजले सम्बन्धन पाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !