लहान । जिल्ला समन्वय समिति सिरहाका उप-सभापति सरोज यादवले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन् । सोमबार सर्वोच्च अदालतले सँसद विघटनलाई बदर गर्ने आदेश दिएपछि सँविधानलाई कुल्चिन खोज्ने ओली जस्ता प्रतिगनमकारी र अहँकारीको घमण्ड टुटेको प्रतिक्रिया दिएका छन् ।
उनले बारम्बार सँविधानलाई मिचेर कानुनको धज्जिया उडाउँदै देशमा एकलौटीपन गर्न लागेकोप्रति खेद प्रकट गर्दै न्यायलयमाथिको विश्वास जनतामा अझै कायम राखेको साबित भएको बताए ।
उप-सभापति यादवले प्रतिगमनकारी र तिनका मतियारहरुलाई सर्वोच्च अदालतको निर्णयले कडा तामाचा प्रहार भएको प्रतिक्रिया दिए ।
‘संघीयता, समावेशी, गणतन्त्र र संविधानको रक्षाको लागि सर्वोच्चको फैसला ऐतिहासिक एवं स्वागतयोग्य छ । संविधानको मर्म कुल्चेर अघि बढेको सरकारको स्वेच्छाचारी कदमलाई अदालतको यो फैसलाले लगाम त लगाएको छ नै, प्रतिगमनकारी तत्वलाई समेत परास्त गरेर मुलुकलाई सुरक्षित एवं नयाँ दिशा प्रदान गरेको छ ।’ उनले लेखेका छन् ।

















