काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का वरिष्ठ नेता माधवकुमार नेपालले मृत्युशय्यामा पुगिसकेको संसदलाई सर्वोच्च अदालतले जोगाउने काम गरेको भन्दै फैसलाको प्रशंसा गरेका छन् ।
सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि नेपालले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताएका हुन्।
‘झन्डै मृत्युशय्यामा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो। नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ कान्तिपुसँगको कुराकानी गर्दै नेपालले भने, ‘सर्वोच्च अदालतले सकारात्मक फैसला गरेको छ।’
नेता नेपालले सर्वोच्चको सोमबारको फैसलाले न्यायपालीकाको मर्यादालाई उचो बनाएको बताए। ‘अदालतले संविधानको रक्षा गरेको छ। मुलुकमा राजनीतिक स्थितिरताको निम्ति यो निर्णयले राम्रो भूमिका खेल्ने छ भन्ने विश्वास छ,’ नेपालले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया !