काठमाडौं । प्रतिनिधिसभा पुनस्थपना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुहुने भएको छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलालाई आफ्नो पार्टीले स्वीकार गर्ने बताउनुभएको हो । अदालतको निर्णय अनुसार प्रधानमन्त्री ओलीले राजीनामा दिने ज्ञवालीले बताउनुभयो । अदालतले शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश दिएको छ ।
तर अदालतले धारा ७६ को ५ बमोजिम ह्वीप नलाग्ने भनेर दिएको आदेशमा भने गम्भीर त्रुटि भएको ज्ञवालीको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !