काठमाडौं । सर्वाेच्च अदालतले अबको २८ घण्टा भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि नेकपा एमाले भित्र खैलाबैला सुरु भएको छ ।
अदालतको फैसला प्रभावित पार्ने उद्येश्यले पार्टी अध्यक्ष केपी ओलीले हिजो राति १० बुँदे सहमति गरेपनि विवादमा परेका थियो । यसैबीच आज आएको सर्वाेच्चको फैसलालाई कसरी लिने भन्ने सन्दर्भमा दुई थरि मत आएका छन् ।
ओली पक्षले संविधानमाथि सर्वाेच्चको प्रहार भन्ने प्रतिक्रिया दिन लागेको छ भने माधव नेपाल पक्षले स्वागत गर्दैछ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकमा नेपाल पक्ष नजाने भएको छ । सर्वाेच्चले सात दिन भित्र प्रतिनिधि सभा बोलाउनसमेत आदेश जारी गरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासले देउवाको पक्षमा प्रतिनिधिसभाका १४९ जनाको हस्ताक्षर रहेकोले त्यसकै आधारमा प्रम नियुक्त गर्न भनेको हो। देउवालाई प्रम नियुक्त गरेर विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन पनि सर्वोच्चको आदेश छ।

















