- नागेश्वर राय
गोलबजार (सिरहा ) । सिरहामा बुधबार करेन्ट लागेर एक १९ बर्ष युवाको मृत्यु भएको छ । सिरहा को धनगढीमाइ नगरपालिका वडा न. ६ फुलकहाकट्टी निवासी रामचलित्र रामको छोरा श्याम कुमार महरा को मृत्यु भएको हो ।
वडा न. ६ द्वारा कृषि परियोजनका लागी बिजुलि बिस्तारका लागी एक ठेकेदार लाई काम दिएको थियो। त्यस बिकास कार्यमा युवा महरा कामदार भएर काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएको स्थानीय ले जानकारी गराए । युवा राम लाई उपचार कै लागी लैजादै गर्दा बाटोमै मृत्यु भएको उस्को दाइ सुर्या राम ले जानकारी गराएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !