जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का नेता उमाशंकर अरगरियाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश भए देश निर्दलियतातिर उन्मुख हुने बताएका छन् ।
केपी ओली नेतृत्वको सरकारमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका अरगरियाले बिभिन्न दलबाट अलग भएर सांसदहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बताए । सर्वोच्च अदालतको आदेशमा मन्त्री पद गुमेपछि आफ्नो गृह जिल्ला धनुषा आएका अरगरियाले बुधबार जनकपुरधाम विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।
उनले दलबाट क्रस भएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइए देश निर्दलियतातिर धकेलिने बताए । ‘यसले दलीय कानुन मान्य हुँदैन्’ उनले भने, “दलको विधेयक मान्य हुँदैन । र, देश निर्दलीय बन्नेछ ।’
अरगरियाले संसद बिघटनको आदेश सर्वोच्चले दिन सक्ने बताए । ‘मलाइ लाग्छ संसद बिघटन सदर हुन्छ र देश निर्वाचनमा जान्छ’ उनले भने ।
सांसदले एकअर्काप्रति गालीगलौजबाहेक केहि गर्न नसकेको बताउँदै उनले चार बर्षसम्म एउटा विधेयक समेत पारित हुन नसकेको बताए । ‘एउटा सांसदलाई चुनावमा जाने रहर हुँदैन् । तर देशको अवस्था हेरेर चुनावमा जानुपर्छ’ उनले भने,
लोकतन्त्रमा जनादेश खोज्नुपर्छ ।’
संसद पुर्नस्थापना भएपनि यहीं सरकार निरन्तर रहीरहने उनले बताए । ‘जसपाले सरकारलाई दिएको समर्थन त्यसपछि पनि रहीरहन्छ’ उनले भने, “हामीले प्रधानमन्त्रीलाई निर्भिकताका साथ अघि बढ्न भनिसकेका छौं ।’
-
कमलाको पुल निर्माण गर्न ठेकेदारलाई निर्देशन
नेता अरगरियाले एक साताअघि भत्किएको कमला पुलमा ठेकेदारको लापर्वाही रहेको बताए । १० बर्षअघि निर्माण शुरु भएको पुलमा तत्कालिन पप्पु कन्सट्रक्सनले लापर्वाही गरेका कारण पुल भत्किएको उनले बताए ।
‘विजय गच्छदारजी भौतिक मन्त्री हुँदा पुलको डिपिआर बनेको थियो’ उनले भने, “रामचन्द्र झाजी साभासद हुँदा पुलको ठेक्का लागेको थियो । तर ठेक्का लिने पप्पु कन्सट्रक्सनले लापर्वाही गरेपछि आफू जित्दा उसको ठेक्का बदर गराएँ ।’
पुल भत्किएको सम्बन्धमा छानबिन भइरहेको बताउँदै उनले अब भत्किएको पुललाई सरकारले नभई ठेकेदारले नै बनाउनुपर्ने बताए । ‘सरकारको तर्फबाट अबिलम्ब पुल निर्माणका लागि ठेकेदारलाई आदेश दिइसकिएको छ’ उनले भने ।
-
मन्त्री नहुँदा पनि व्याप्क सम्मान
मन्त्री पद गुमाएर आफ्नो गृह जिल्ला आएका अरगरियालाई स्थानीयले स्वागत गरेका छन् । विमानस्थल पुगेका उनका समर्थकहरुले माला लगाएर उनको स्वागत गरेका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !