काठमाडौं। विराटनगरको व्यावसायिक घराना शारडा परिवारका वरिष्ठ सदस्य एवम् एनके शारडा ग्रुपका अध्यक्ष नन्दकिशोर शारडाको निधन भएको छ।लामो समयदेखि कमजोरीले थलिएका उद्योगी शारडाको बुधबार साँझ विराटनगर अस्पतालमा हृदयघातबाट निधन भएको हो। छोरा अनिलका अनुसार साँझ साढे ६ बजे नन्दकिशोरलाई हृदयाघात भएको थाहा पाउनेबित्तिकै अस्पताल पुर्याइएको थियो। अस्पताल पुगेको केही छिनमै उनको निधन भयो।
पुख्यौली थलो सिराहाको लाहानबाट २०४९ सालमा विराटनगर आएर स्थायी बसोबास गर्न थालेका नन्दकिशोरका पायोनियर वायर, पायोनियर इलेक्ट्रिक, इलेक्ट्रो केबल, जस्मिन हाइजिन, पायोनियर रबर लगायतका उद्योग सञ्चालनमा छन्। शारडा समूहले विराटनगरमा एभरेस्ट आइरनको स्थापनासँगै २०४१ देखि उद्योग व्यवसाय सुरु गरेको हो। भाइ श्रीनिवासका अनुसार दाजु नन्दकिशोरले व्यवसाय विस्तारमा महत्वपूर्ण भूमिका निभाएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !