काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ । यसअघि ओली र नेता नेपालबीच बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको घर चपली हाइटमा भेटवार्ता भएको थियो । त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन नसकेका केला पार्टीकै दोस्रो तहका नेताहरुको पहलमा असार २३ गते दुई नेताको भेट भएको हो ।
एमाले विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओलीले गत जेठ सात गते मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विवादले एमाले विभाजनको दिशामा लगेको थियो । माधव नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी भन्दै विपक्षी गठबन्धन बनाएर ओलीविरुद्ध संघर्ष गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !