काठमाडौं । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच मेरियट होटलमा ‘निर्णायक’ वार्ता जारी छ ।वार्तामा दुवै तर्फका दोस्रो तहका नेताहरु पनि सहभागी छन् । स्रोतका अनुसार ओली पक्षबाट ईश्वर पोखरेल, सुवास नेम्वाङ र विष्णु पौडेल सहभागी छन् । यस्तै नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति छ ।
ओली र नेपाल दुवै आफ्ना सहकर्मीहरुसहित एक साथ मेरियट होटलमा प्रवेश गरेको स्रोतले जानकारी दियो । पार्टी एकताका लागि गठित कार्यदल सहमति नजिक पुग्दा शीर्ष दुई नेताहरुबीच वार्ता सम्भव भएको हो ।
-
एमाले अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता शुरु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता शुरु भएको छ । कार्यदल स्तरमा भएको छलफल सकारात्मक भएपछि दुई नेताबीच भेटवार्ता भएको हो ।
दुई नेताबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता भएको छ । एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ताको पहल भइरहेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !