नवलपरासी (पूर्व) । जिल्लाको गैंडाकोट नगरपालिका–४ की एक युवती आठ दिनदेखि बेपत्ता भएकी छिन् ।गत असार १४ गतेदेखि गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा बेपत्ता भएको उनको परिवारले जनाएको छ । परिवारको उजुरीका आधारमा प्रहरीले उनको खोजी गरिरहेको छ ।
प्रहरीले उनका प्रेमी भनिएका चितवनको भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ ।बिनाका बुवा जयेश्वर सापकोटाले छोरीसँग हराएकै दिन तीन पटक कुरा भएको बताएका छन् । भरतपुर–४ यज्ञपुरीका युवक कँडेलसँग उनी प्रेम सम्वन्धमा रहेको बिनाको परिवारले स्वीकार गरेको छ ।प्रहरीले घट्नाबारे अनुसन्धान गरिरहेको चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकारीले बताए ।

















