काठमाडौं । गण्डकीका प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू सरकारबाट हट्नुअघि बजेटमै समावेश नभएको ४ अर्ब ५१ करोड रुपैयाँको १० आयोजना ठेक्कामा लगाएको खुलासा भएको छ । मंगलबार सामाजिक विकास मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले अघिल्लो सरकारले बजेटमै नभएको ४ अर्ब ५१ करोड रुपैया बराबरको १० आयोजना ठेक्का लगाएको खुलासा गरेका हुन्।
प्रवक्त खड्काले भने, ‘यो ठेक्का खोल्ने हो भने प्रदेशमा बजेट हुँदैन, रातो किताबभन्दा बाहिरका योजनामा यसरी बजेट राखेर ठेक्का लगाइएछ।’ उनका अनुसार ती १० वटा आयोजनाहरु विभिन्न जिल्लाका वितरण गरिएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !