एजेन्सी । टाइब्रेकरमा कोलम्बियालाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले पराजित गरेर लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनाले ब्राजिलसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा धकेलिएको हो । अर्जेन्टिनालाई दबाबमा राख्न सफल भएको कोलम्बिया पेनाल्टीमा भने चुक्यो ।सातौँ मिनेटमा मेस्सीको पासमा लाउतारो मार्तिनेजले सुन्दर गोल गरि अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !