काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले छलफलका लागि जसपाका दुबै पक्षलाई आज बोलाएको थियो । निर्वाचन आयोगले जसपाको विवादबारे छलफल गर्न भन्दै आयोगमा ठाकुर पक्षका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र उपेन्द्र पक्षबाट बाबुराम भट्टराई, महेन्द्रराय यादव लगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।
जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !