काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले आफ्नो कविता कोही व्यक्तिप्रतिलक्ष्यित नरहेको प्रष्टिकरण दिएकी छन् । सोमबार राष्ट्रिय सभा बैठकमा धारणा राखेकी नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य वलीले ‘बाँदरको जमात र अमृतपानको सपना’नामक कविता सुनाएकी थिइन् । कविता मार्फत उनी विपक्षीप्रति अभद्र रुपमा प्रस्तुत भएको भन्दै आलोचना भएपछि वलीले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिएकी हुन् ।
देश र जनता भन्दा ठूलो कोही नभएको भन्दै उनले हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि भएको उल्लेख गरेकी छन्। नेपाल भन्दा कमजोर देशहरुले आफूलाई प्रगतिको मार्गमा अगाडि बढाएको भएपनि नेपालका नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु ‘बाँदर प्रवृत्ति’ भएको उनको भनाइ छ ।
-
सामाजिक सञ्जालमा वलीले लेखेकी छन्–
देश र जनता भन्दा ठूलो कोहि हुँदैन ! हरेक नेपालीको चाहाना देशको सुरक्षा, सिमानाको रक्षा जनताको सम्मृद्धि हो! दुनियाँमा हामी भन्दा कमजोर देशहरु आफूलाई प्रगतिको मार्गमा अगाडि बढाएका छन्! शिक्षा स्वास्थ्य र खानपिन र रहनसहनको निम्ति कसैको हात थाप्नु पर्दैन! कुनैपनि राज्यका संरचना संचालन गर्न विदेशीको ऋण लिनु पर्दैन ! तर हामी आज कहाँ छैां ? अझैपनि हामी खानका निम्ति हात थाप्नु पर्ने, ओषधिको अभावमा मर्नु पर्ने, हाम्रो शिक्षालाई कसैले स्वीकार नगर्ने, हाम्रो शिक्षा रोजगारी मुलक पनि नबन्ने यस्तो कहालिलाग्दो अवस्थामा नेताहरुले राष्ट्र र जनतालाई प्राथमिकता नदिनु यो भन्दा बाँदर प्रवृत्ति के हुन्छ? मेरा कुनै धारणाहरु व्यक्ति प्रति लक्षित छैनन्। मेरो देश समाज र जनता प्रति समर्पित छ! देश र जनताकालागि बोल्दा कसैका कलमहरु कसैलाई निरत्साहित गर्न चल्नुपर्छ भन्ने छैन। कसैलाई निरुत्साहित गर्न कसैका व्यक्तिगत कुराहरु उठाएर बहादुरी पनि प्राप्त हुँदैन! प्रतिस्पर्धी बन्न पनि सकिँदैन!; यो कुरा एकपटक भैातिक शरिरबाट अन्त हुनेहरुले सोच्नु नै पर्दछ!
फेसबुकबाट तपाईको प्रतिक्रिया !