Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

देवयानी राणा कोकाकोला इन्डियाको उच्च नेतृत्वमा

काठमाडौं। कोकाकोला इन्डियाले देवयानी राज्यलक्ष्मी राणालाई कम्पनीको उपाध्यक्षका रुपमा नियुक्त गरेको छ।उनलाई कोकाकोलाको भारत तथा दक्षिणपश्चिम एसिया हेर्ने गरी पब्लिक अफेयर्स, कम्युनिकेसन तथा सस्टेनाबिलिटीतर्फ भाइस प्रेसिडेन्ट नियुक्त गरिएको हो।

देवयानी कोकाकोलाको उच्च नेतृत्वतर्फ नयाँ अनुहार हो, जसको नियुक्तिले भारत तथा एसियामा कम्पनीको लक्ष्य तथा उद्देश्य हासिल गर्न मद्दत पुग्ने विश्वास लिएको कम्पनीले जनाएको छ। देवयानीले विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्र तथा कर्पोरेट मामिला, रणनीतिक योजना तर्जुमा, व्यवसायिक वकालत, जोखिम व्यवस्थापन संचार, सामाजिक उत्तरदायित्व बहन तथा दिगोपनबारे विगत २५ वर्षदेखि काम गरिरहेकी छन् र यही अनुभव आफ्ना लागि उपयोगी हुने कोकाकोला कम्पनीको भनाइ छ।

यस क्षेत्रको पूर्वाधार, वातावरण, समाज तथा सुशासन, वित्तलगायतका क्षेत्रको विकासका लागि प्रभावकारी रणनीतिहरु बनाएकी देवयानीलाई घरेलु तथा निर्यात बजारहरुमा उत्पादन तथा व्यापार वृद्धिका रणनीति बनाउन अब्बल तथा प्रभावशाली व्यक्तित्व मानिन्छ।उनी नेपालका चर्चित राजनीतिज्ञ पशुपति शमशेर राणाकी छोरी हुन्। उनकी आमा उषाराजे भारतको ग्वालियरका अन्तिम राजा तथा भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी ठुली छोरी हुन्। पूर्वयुवराज दीपेन्द्र शाहसँग जोडिएकाले समेत देवयानी चर्चामा थिइन्। दीपेन्द्रले उनलाई विवाह गर्न चाहे पनि परिवारको असहमतिका कारण दरबार हत्याकाण्ड भएको दाबी समेत गरिएको थियो।

दरबार हत्याकान्डमा दीपेन्द्र मारिएपछि सञ्चारमाध्यमहरुले घटनाको गहिरो मनोवैज्ञानिक असर परेको भनिएकी देवयानीको विवाह सन् २००७ मा भारतको राजनीतिक परिवारका ऐश्वर्य सिंहसँग भएको थियो। उनले अढाई दशकको अवधिमा बिभिन्न संस्थाहरुसँग आबद्ध भएर गरेको कामले ब्राण्ड प्रवर्द्धन तथा सकारात्मक व्यापार नतिजा ल्याउन योगदान दिने गरेको भन्दै कोकाकोला कम्पनीले दिगो तथा संस्थागत कार्यक्रमहरु अघि बढाउन देवयानीको नेतृत्वले फलदायी नतिजा दिने बताएको छ।

कोकाकोला कम्पनीका भारत तथा दक्षिण पश्चिमी एशियाका अध्यक्ष संकेत रेले उनको नियुक्तिबारे भने- ‘देवयानीको नियुक्तिले कम्पनीको यस क्षेत्र लक्षित उद्देश्यलाई अझ बलियो र तीव्र बिस्तार गर्दै लैजाने अपेक्षा गरेका छौं। नीतिगत, कानुनी, व्यापार सम्झौताहरु तथा नियमनका क्षेत्रमा लामो समय काम गरेको अनुभव तथा उनको नेतृत्वदायी व्यक्तित्व हाम्रो लागि ठूलो सम्पत्ति हो। हामीले के विश्वास गरेका छौं भने कोकाकोलाले यस क्षेत्रमा जुन प्रभाव कायम राखेको छ, त्यसलाई अझ प्रभावशाली रूपमा अघि बढाउन देवयानीको आगमनले महत्वपूर्ण भूमिका खेल्नेछ।’

कोकाकोला इन्डियामा नियुक्तिअघि देवयानी क्याटरपिलर इन्डियाको निर्देशकका रूपमा कार्यरत थिइन्। पब्लिक अफेयर्स डाइरेक्टरका रूपमा उनले त्यहाँ भारत, नेपाल र भुटानका लागि काम गर्थिन्।
त्यसअघि उनी भारतमा युएनडीपी तथा युएनसँग आबद्ध थिइन्। त्यस्तै उनले जेनेभाको स्वोब फाउन्डेन तथा स्विट्जरल्याण्ड वर्ल्ड इकोनोमिक फोरममा समेत काम गरिसकेकी छन्।लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्समा उच्च अध्ययन गरेकी उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र ब्याचलर डिग्री भारतको लेडी श्री राम कलेजबाट पूरा गरेकी हुन्।

कोकाकोला विश्वकै सबैभन्दा ठूलो पेय पदार्य उत्पादक कम्पनी हो। यसले कोकाकोला, फ्यान्टा, स्प्राइट, भिटामिन वाटर, डाइट कोक, कोकाकोला जिरो लगायतका विविध उत्पादनहरु विश्व बजारमा चर्चित छन्। विश्वका दुई सयभन्दा बढी देशहरुमा यसका उत्पादनहरु बिक्री वितरण हुने गर्छ।कोकाकोला इन्डिया सन् १८९२ मा स्थापना भएको हो। यसको केन्द्रीय कार्यालय गुरगावमा छ । कोकाकोला इन्डियामा २५ हजारभन्दा बढी कामदार कार्यरत छन्।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh