काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले आरबिबि म्युचुअल फण्डअन्तर्गत असार २३ बाट एक अर्ब रुपैयाँको आरबीबी म्युचुअल फण्ड १ निष्कासन गर्ने भएको छ। आरबीबी मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यस म्युचुअल फण्ड बन्दमुखी योजना हो। जसको अवधि ७ वर्ष रहने बैंकले जनाएको छ ।
लगानीकर्ताहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम एक करोड कित्ता खरिद गर्न सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि-आस्वा सेवामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !