काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटन मुद्दामा पक्ष र विपक्षको बहस सकिएको छ ।रिट निवेदकका कानुन व्यवसायीले प्रतिउत्तर बहस सकेसँगै मुद्दाको बहस सकिएको हो ।सोमबार निवेदक तर्फबाट जवाफी बहस गर्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिले संविधानले नदिएको अधिकार प्रयोग गरेको बताएका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्मा गएर विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार राष्ट्रपतिलाई नभएको उनको जिकिर थियो । थापाले प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिकहाँ नभई संसदमा दावा गर्नुपर्ने बताउँदै ओलीका कानुन व्यवसायीले ७६ (५) मा दलीय हिृप नलागे ‘निर्दल’ आउँछ भनेर मुखको तितो मात्र पोखेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !