काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले आउँदो कार्तिक २६ र मंसिर ३ गतेका लागि तय निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ताको समय रहेको छ।
आयोगले मतदाताहरुको अन्तिम मतदाता नामावली भदौ २३ गते प्रकाशन हुने जनाएको छ। समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !