काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका -३ बाट ५० हजार ७० रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ ।चन्द्रागिरी-३ आलय निगमस्थित घरमा जुवा खेल्दै गरेको अवस्थामा आइतबार दिँउसो ४: ३० बजे प्रहरीले नगदसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा अर्जुधारा न.पा १ घर भई चन्द्रागिरि नगरपालिका-३ आयल निगम बस्दै आएका किरण चापागाई, गोरखा नगरपालिका -१३ घर हुने वर्ष ४१ वर्षीय शेरबहादुर राई, मकवानपुर थाहा नगरपालिका ११का ३३ वर्षीय पंचनारायण तामाङ , मकवानपुर थाहा नगरपालिका -५ का ३२ वर्षीय ज्ञान बहादुर गोले, मकवानपुर थाहा नगरपालिका – ५ का ३३ वर्षीय भरत थोकर ,चन्द्रागिरि नगरपालिका १ का ३६ वर्षीय किशोर बखती रहेका छन् ।
