काठमाडौँ । संसद विघटनविरुद्धको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका वकिलको बहस आज हुँदैछ । सभामुखका लागि २ घण्टाको समय छुट्याइएको छ । सभामुखको पक्षबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपानेका साथै अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्ने भएका छन् ।
सभामुख पक्षको बहस सकिएपछि आजै रिट निवेदक पक्षका वकिलहरुको जवाफी बहस सुरु हुनेछ । उनीहरूका लागि पनि २ घण्टा समय छुट्याइएको छ । आजै यी दुवै पक्षका बहस सकिएमा भोलि एमिकस क्युरीले इजलासलाई आफ्नो राय दिने बताइएको छ ।सर्वोच्च अदालतको संवैधानिक इजलासमा यही असार ९ गतेदेखि निरन्तर सुनुवाइ जारी छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !