रौतहट । रौतहटमा शनिबार बस्ती पेसेको जंगली हात्ती भारत क्षेत्रमा प्रवेश गरेको छ । लक्ष्मीपुर बेलबिछवा हुँदै हात्ती भारतीय क्षेत्रमा पसेको प्रमुख जिल्ला अधिकारी ( सिडीयो ) ईन्द्र देव यादवले बताए ।उनका अनुसार भारतको बिहार सितामढी जिल्लाको मसहातर्फ गएको सो हात्ती जोडियाही भन्ने स्थानमा रहेको जानकारी प्राप्त भएको छ ।
वनबाट प्रवेश गरेको हात्ती बारा जिल्लाबाट रौतहटको देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेर शिवनगर, मिठुअवा, जेठरहिया, पचरुखी हुँदै अन्तिम पटक शनिबार राति राजदेवी नगरपालिकाको बेलबिछवामा देखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !