एसपी रानाभाटका अनुसार महासेठले आफ्नै घरमा गाँजा लुकाएर राखेको गोप्य सूचना पाएपछि शुक्रबार राति घरबाटै पक्राउ गरिएको छ । उनको घरबाट २४ किलो २ सय ८० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरी अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
महासेठ यसअघि २०७४ साल साउन १५ गते पनि १ किलो गाँजासहित पक्राउ परेका थिए । उनी जिल्ला अदालतको २०७४ साल भदौ २५ गतेको आदेशमा एक महिना जेल बसी छुटेका थिए ।
त्यसपछि २०७५ साल साउन १३ गते पनि उनी ७० ग्राम गाँजासहित पक्राउ परेका थिए । प्रहरीले लागूऔषध मुद्दा दर्ता गरेपछि उनी २०७५ भदौ ११ गते जिल्ला अदालतको आदेशमा १५ हजार धरौटीमा छुटेको पाइएको एसपी रानाभाटले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !