काठमाडौँ । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउनुभएको छ । नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।
पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताउनुभयो । वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उहाँको भनाइ थियो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !