चितवन । नारायणगढ मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । निरन्तरको वर्षाले पहिरो खस्दा उक्त सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको हो ।नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलो र सेती दोभानमा गएराति पहिरो गएकाले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसअघि पनि उक्त स्थानमा पटकपटक पहिरो खस्दै आइरहेको छ । यसैगरी आज बिहान पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटार र फिसलिङनजिकै पनि अर्को पहिरो खसेको छ । यसका कारण काठमाडौँतर्फ जाने बाटो अवरुद्ध भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !