काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भोलि बोलाइएको नेकपा एमालेको बैठकलाई गुटगत भएको बताउनु भएको छ । उहाँले सामाजिक संजाल फेशकुकमा भोलि बस्ने बैठकलाई नितान्त ओली समूहको एकाले गुटको बैठक बताउनु भएको छ ।उक्त बैठकले आफूहरुले उठाएको राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन नहुने भएकोले सहभागी नहुने पनि नेतृ झाँक्रले बताउनु भएको छ ।
भ्रममा नपरौ ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना बैठकमा सहभागी हुने कुरै आउँदैन ।

















