काठमाडौं । इटाली पठाईदिन्छु भन्दै ठगी गर्ने उमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको छ । उदयपुर जिल्ला त्रियुगा नगरपालीका ७ स्थायी घर भई हाल काठमाडौँ बुढानिलकण्ठ बस्ने वर्ष ३६ को उमेश रेग्मीले धेरै युवालाई युरोपियन मुलुकमा पठाइदिन्छु भन्दै ठगी गरेका छन् ।
रेग्मीले रामेछाप जिल्ला उमाकुण्ड गाँउपालिका ३ का सौगात सुनुवार समेत ३ जनालाई वर्किङ भिषामा इटाली पठाई दिन्छु भनी ३१ लाख ५० हजार रकम लिई अजरबैजान सम्म पुराएर बिचल्ली बनाएर फरार रहेका थिए ।

















