काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ७ जोरपाटी बस्ने रामेछाप खाँडाखेती गाउँपालिका-७ का ४६ वर्षीय सानुकाजी महत रहेका छन् ।
उच्च अदालत पाटनको २०७७ पुस १४ र माघ १८ गतेको फैसलाले महतलाई क्रमशः १५ दिन कैद र ३५ लाख रुपैयाँ जरिवाना तथा ५ दिन कैद र १३ लाख रुपैयाँ जरिवाना गरी कुल २० दिन कैद र ४८ लाख जरिवाना गर्ने फैसला गरेको थियो।केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनलाई बिहीबार काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको जनाएको छ ।महतले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर नेपाल इन्भेष्टमेन्ट बैंक र एनसीसी बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए।

















