प्युठान । तीन दिनअघि प्युठान नगरपालिका–१० मा मृतावस्थामा फेला परेका एक जना युवकको हत्या भएको खुलासा गरेको छ । असार १४ गते विहान प्युठान नगरपालिका –१० कोट निवासी २४ बर्षीय हेमन्त भन्ने नरेन्द्र पुन मगर मृत फेला परेका थिए । त्यस्तै सोही स्थानका २५ बर्षीय सुरेश बस्नेत सख्त घाइते अवस्थामा भेटिएका थिए ।
घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेपछि सोही नगरपालिका –१० नेपानेका १५ र १७ बर्षीय दुई किशोर र मल्लरानी गाउँपालिका –३ , धनुबाँस गाउँका १८ बर्षीया रेशमबहादुर घर्तीले असार १३ गते साँझ साढे ९ बजेको समयमा चिरुवा दाउराले निर्घात कुटपिट गरि हत्या गरेको र अर्का एक जनालाई सख्त घाइते बनाई बाटो मै छाडेर भागेको खुलेको प्रहरीले जनाएको छ ।
