झापा । झापा कमल गाँउपालिका ३ पुर्व-पश्चिम मुख्यराजमार्गको केर्खा बजार स्थितबाट लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा मेचीनगर १५ का २० बर्षीय सुवास मेचे र सोही नगरपालिका १० का २५ बर्षीय सुरज लामिछाने रहेका छन् ।
हिजो बेलुका साढे ३ बजे टेम्पु चढी आउदै गरेको अबस्थामा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण व्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर ८८ ग्राम सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनिहरु उपर थप अनुसन्धान भई रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !