काठमाडौं । राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले राष्ट्रमाथि आएको संकटमा प्रधानमन्त्री दोषी रहेको बताएका छन । बिहीबार सुरु भएको राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै शर्माले प्रधानमन्त्रीले देशलाई संकटतिर धकेलेको आरोप लगाएका हुन ।
राष्ट्रिय सभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहनु भएका शर्माले प्रतिनिधि सभा विघटन गरेर नै भए पनि नेपालको नाम गिनिज बुकमा लेख्न लागेको बताए । प्रधानमन्त्री ओली भित्रको दम्भ र घमण्डले देशलाई भड्कालोमा लिएको बताउदै उनले घुमाउरो पारामा संसद् विघटन गरेको इतिहास लेखाउन खोजेको बताए । उनले भने, ‘अब पनि अवसर मिल्यो र तेस्रोपटक विघटन गर्नुभयो भने गिनिज बुकमा नाम लेखिनेछ । र, नेपालको गौरव सबैभन्दा माथि हुनेछ । तर त्यसो नगर्न सुझाव दिन्छु ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !