पर्सा । मेटरसाइकल चोरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा पर्सागढी ५ का २२ वर्षीय आजाद मियाँ रहेका छन् ।
उनीमाथि वीरगञ्ज महानगरपालिका वडा नं.२८ बगहीस्थित कृष्ण शर्माको आँगनमा पार्किङ्ग गरी राखेकोमा राती सुतेको बेला ना.३९ प. ३८२४ नम्बरको सुपर स्प्लेण्डर र पर्सागढी-५ कै रोज मोहम्मदको घरके पेटीमा राखेको ना.२८प. १३३७ नम्बरको साइन मोटरसाइकल चोरेको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !