काठमडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले गल्ती भएको भन्दै आइन्द गल्ति नगर्ने प्रतिबद्धता गर्नु भएको छ । मन्त्री श्रेष्ठले जातिय विभेदलाई बढवा हुनेगरि दलितमाथि विभेद गरेको भन्दै पक्राउ परेकी महिलालाई छुटाउनु भएको थियो ।
उहाँले राष्ट्रिय मानव अधिकार आयोगसमक्ष आफ्नो गल्ति भएको भन्दै स्वीकार गर्नु भएको थियो । मन्त्री श्रेष्ठले आयोगमा पदाधिकारी समक्ष आगामि दिनमा यस्तो गल्ति नगर्ने पनि प्रतिबद्धता गर्नु भएको थियो ।जातिय विभेदलाई मुद्धामा पक्राउ परेकी महिलालाई मन्त्री स्वयम गएर छुटाई आफू सवार गाडिमा हालेर ल्याएको भन्दै आलोचित बन्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !