काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा नियुक्त गर्नुभएका २० पदाधिकारी नियुक्तिको बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ ।संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्चमा रिट दर्ता गरेका हुन् ।
संसदीय सुनुवाइको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन पनि अन्तरिम आदेश दिएका छन् । संवैधानिक परिषदले गत वैशाख २६ गते लोकसेवा आयोगको अध्यक्षसहितका पदाधिकारी र अरु संवैधानिक निकायका पदाधिकारी गरी २० जना नियुक्तिको सिफारिस गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !