काठमाडौं । प्रतिनिधिसभा विघटनलगायत सरकारको कामकारबाहीको बिरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् ।नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौं गरी ५ विद्यार्थी संगठनले बुधबार देशभर बिरोध प्रदर्शन गरेका हुन् ।
यसै क्रममा नेविसंघले काठमाडौंको चावाहिलस्थित पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी ओलीको पुत्दा दहन गरेको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।प्रदर्शनका क्रममा विद्यार्थीहरुले सरकार बिरोधी नारा लगाएका थिए ।

















