सिरहा । प्रदेश २ को सिरहा र धनुषा जिल्ला जोडने कमला नदीमा अहिले पानीको बहाब निरन्तर बढदै गएपछि अलर्ट गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रदीपराज कणेलले कमला नदी आसपास क्षेत्रमा टोली सहित अलर्ट जारी गरेका छन् । अहिले जिल्ला विपद ब्यबस्थापन समितिका प्रमुख सिडीयो प्रदिप राज कणेल , जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी एसपी हिरा बहादुर पाण्डे , सशस्त्र प्रहरी बल ७ नम्बर गण सिरहाका प्रमुख एसपी दिपेन्द्र गिरि सहितको टोलीले कमला तटको गाउँवस्तीमा पुगेर नीरिक्षण गरेका छन् ।
उनका अनुसार, सिन्धुलीतर्फको बहान ३ मिटर र सोभन्दा तल अर्थात सिरहा धनुषातर्फ डेढ मिटर बहाब बढेको हो । पानीको सहत डेढ मिटर बढनुको साथै निरन्तर बढोत्तरी हुन थालेपछि आसपाको ईलाकामा अलर्ट जारी गरिएको सिडिओ कणेलले बताए ।
सोही क्रममा सिरहाको कर्जन्हा नगरपालिका – ३ सुन्दरपुरस्थितबाट तीन महिला र एक पुरुष बाबालाई डुङ्गा प्रयोग गरि उद्धार गरिएको छ । कमला नदीमा फँसेको बेला सूचना पाए लगत्तै जिल्ल विपद व्यवस्थापन समिति सिरहाको टोली र नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।
बुधबार दिउँसो नदीमा फँसेकी दुई महिला र एक साधुबाबालाई सेनाको टोलीले उद्धार गरेको हो । डुँगा (नाउ) को साहाराले बीच नदीमा फँसेका उनीहरुलाई बग्नबाट जोगाएको सिडीओ कणेलले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !