चितवन । चितवनमा प्रहरीले जुवा खेल्ने १३ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २ क्षेत्रपुर स्थित सुगम पियाको घरमा हार जित हुने गरी जुवा (तास) खेलीरहेको अबस्थामा नगद २ लाख ३२ हजार ६ सय ८० रुपैया सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सुर्य बहादुर थापाका अनुसार हिजो राती २२:१० बजेको समयमा जुवातास खेलिरहेका भरतपुर महानगरपालिका २ का घर धनी सुगम पिया,सोही ठाउँका राजेन्द्र कसाई, रोशन खड्का, बिजय गुरुङ, सुर्य बोहरा, मनिज कुमार, बद्रि बोहरा, भरतरपुर ३ का बिनोद खड्की, भरतपुर ७ का राम बहादुर मगर, भरतपुर ११ का पदम तामाङ, रमेश प्रजापती,भरतरपुर १२ का आषिस गुरुङ र नवलपरासी गैडाकोट नगरपालिका ९ का नवराज क्षेत्रीलाई पक्राउ गरिएको हो ।

















